PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

​बागलुङ नगरपालिकाको बजेट १५ करोड



पहिलोपोस्ट

बागलुङ : बागलुङ नगरपालिकाले आगामी आवको लागि रु १५ करोड ५० लाखको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको २२ औँ नगर परिषद्ले आव २०७४÷०७५ को आयव्यय मंगलबार सार्वजनिक गरेको हो। 

परिषद्को निर्णयअनुसार चालुतर्फ रु दुई करोड ५० लाख र पुँजीगततर्फ रु १३ करोड बजेट विनियोजन गरिएको छ । बजेटमा पूर्वाधार निर्माण, सरसफाइ र कृषि तथा पर्यटन विकासका लागि प्राथमिकता दिइएको नगरपालिकाका कार्यकारी अधिकृत युवराज अधिकारीले बताए। 

भूकम्प प्रतिरोधी घर निर्माणको अभियानलाई कडाइका साथ लागू गर्ने, सडक चोकमा रहेका अव्यवस्थित विद्युत्, टेलिफोन, केबुललाइन र तार तथा पोललाई व्यवस्थित गरी बजारलाई सुन्दर र सुरक्षित बनाउने निर्णय परिषद्ले गरेको छ। 

बागलुङ नगरलाई कालो प्लास्टिक मुक्त घोषणा गरेको तीन वर्षपछि सबै प्रकारका प्लास्टिक निषेध गर्नका लागि उद्योग वाणिज्य सङ्घ, होटल सङ्घलगायतका संस्थाको सहकार्यमा प्रभावकारी काम थाल्ने समेत निर्णय परिषद्ले गरेको छ। 

नगरपालिकाले नगरको वस्तुस्थिति झल्कने गरी ‘जिआइएस’ (भौगोलिक) नक्सा तयार गर्ने, नगर क्षेत्रभित्र रहेका सडकको वस्तुस्थिति झल्कने सडक गुरुयोजना बनाउने र सबैलाई ‘मेट्रिक’ प्रणालीमा आधारित घर नम्बर राखेर चालु आवमै काम थाल्ने निर्णय पनि गरेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell