PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

​ग्यास बिक्रेता प्रहरीको नियन्त्रणमा, कमिसन बृद्धिको आन्दोलन रोकिएन



पहिलोपोस्ट

तिलोत्तमा (रुपन्देही) : ग्यास उद्योगको गाडी रोक्न खोज्ने १४ जना ग्यास बिक्रेतालाई बुटवलबाट मंगलवार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ। 

लामो समयदेखि ग्यास बिक्रेताले कमिसन वृद्धिको माग गर्दै आएका बेला ग्यास उद्योग सिलिन्डर बिक्री गर्न हिडेको बुटवल ग्यास उद्योगको गाडीलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए। 

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मुकुन्द्र मरासेनीले ग्यास विकेता संघका केन्द्रीय सदस्य कमल पौड्याल, जिल्ला सदस्य टंक पाण्डेलगायतका १४ जनालाई नियन्त्रणमा लिएको बताए। 

कमिसन घटाएको भन्दै पुस २० गतेदेखि ग्यास बिक्रेताले ग्यास बेचेका छैनन्। उनीहरुले आन्दोलनका बेलामा ग्यास अन्यत्र पठाउन लागेको भन्दै गाडी नियन्त्रणमा लिन खोजेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell