PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

​पाल्पामा २० लाखको लागतमा बिद्यालयको भवन निर्माण



पहिलोपोस्ट

रामपुर (पाल्पा) : मोहमी माध्यमिक विद्यालय, साँखरमा तीनकोठे पक्की भवन निर्माण सम्पन्न भएको छ। 

शिक्षा मन्त्रालयमार्फत भौतिक सुधार कार्यक्रमअन्तर्गत छुट्याइएको रु १९ लाख ५० हजारको लागतमा नयाँ भवन निर्माण गरिएको हो । नवनिर्मित भवनमा कक्षा बालविकास तथा कक्षा १ र २ सञ्चालन गरिने विद्यालयका प्रधानाध्यापक देवराज भट्टराईले बताए। 

कक्षा बालविकासदेखि कक्षा १० सम्म पठनपाठन हँुदै आइरहेको यस विद्यालयमा भवन अभावमा पठनपाठनमा निकै समस्या रहेको थियो। 

भौतिक पूर्वाधार अभावमा शिक्षाको गुणस्तर वृद्धि नहुने हुँदा यस क्षेत्रका सरोकारवाला निकायको पहलमा भवन निर्माण गरिएको हो। भौतिकरुपमा सबल भए शिक्षाको गुणस्तर वृद्धि र विद्यार्थी भर्नादरमा पनि वृद्धि आउने विद्यालयका शिक्षक केशवती अधिकारी बताछन्। 


पुस्तकालयका लागि रु एक लाख 

यसैबीच, पुस्तकालय निर्माणका लागि नेकपा (एमाले) रामपुर नगर कमिटीलाई रु एक लाख आर्थिक रकम सहयोग प्राप्त भएको छ। 

एनआरएन अमेरिकाका वरिष्ठ सल्लाहकार डा रुद्र अर्यालले रामपुरमा पुस्तकालय निर्माणका लागि रु एक लाख सहयोग गरेका हुन्। 

पार्टीका सिद्धान्त, दर्शन समेटिएका विभिन्न ज्ञानबद्र्वक किताब खरिद गरी पुस्तकालय सञ्चालन गर्न डाक्टर अर्यालले अनुरोध गरेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell