PahiloPost

Dec 31, 2025 | १६ पुष २०८२

आजदेखि तीन जिल्लाका भूकम्पपीडितलाई दोस्रो किस्ताको डेढ लाख दिइने



पहिलोपोस्ट

आजदेखि तीन जिल्लाका भूकम्पपीडितलाई दोस्रो किस्ताको डेढ लाख दिइने

काठमाडौं : सरकारले आजदेखि भूकम्पपीडितलाई आवास निर्माण बापतको दोस्रो किस्ताको राहत रकम वितरण सुरु गरेको छ।
 
दोस्रो किस्ताबापत सरकारले प्रत्येक परिवारलाई डेढ लाख रुपैयाँ दिन लागेको हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिलो चरणमा सिन्धुली, मकवानपुर र गोरखामा दोस्रो चरणको डेढ लाख रुपैयाँ वितरण गर्दैछ। पहिलो किस्तामा ५० हजार लिएर घरको जग निर्माण सकेर प्राविधिक जाँचपास गराएका भूकम्पपीडित प्रतिपरिवारले मात्र दोस्रो चरणको राहत रकम पाउनेछन्।
 
पुनर्निर्माण प्राधिकरणका प्रवक्ता भीष्मकुमार भुसालका अनुसार अहिलेसम्म तीन जिल्लाबाट २ सय ८० परिवारले मात्र घरको जग बनाएर प्राविधिक जाँचपास गराएर दोस्रो चरणको रकम माग गरेका छन्। सोही अनुसार मकवापुरमा २ सय  सिन्धुलीमा ७३ र गोरखामा ७ परिवारले दोस्रो चरणको रकम पाउँदैछन्।
 
पहिलो किस्ता बापतको ५० हजार ४ लाख ४६ हजार ७ सय १३ जनाले लिएको भुसालले  जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell