काठमाडौं : प्रहरी संगठनहरुको अन्तर्राष्ट्रिय संस्था इन्टरपोलको २३औँ एसियाली क्षेत्रीय सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ।
सम्मेलनमा भाग लिन ५५ देशका २ सय ५० प्रतिनिधि काठमाडौं आइपुगेका छन्। सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे। सम्मेलनमा मानव तस्करी, बलात्कार, संगठित अपराध, अवैध सुन तस्करी, साइबर क्राइम, म्याच फिक्सिङ लगायतका विषयमा छलफल हुनेछ।
सम्मेलनमा भारत, अफगानिस्तान, चीन, मकाउ, थाइल्यान्ड, श्रीलंका, बंगलादेश लगायतका देशका प्रहरी प्रमुख सहभागी छन्।
नेपाल प्रहरीले यसअघि २०४५ सालमा १०औँ सम्मेलनको आयोजना गरेको थियो। इन्टरपोलका १ सय ९० राष्ट्र सदस्य छन्। नेपाल प्रहरी इन्टरपोलको एक सयौं सदस्य राष्ट्र हो।