PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

उदयपुरको रामपुरमा १३ फिट लम्बाइको अजिङ्गर भेटियो



पहिलोपोस्ट

गाईघाट (उदयपुर) : उदयपुरको पूर्वी क्षेत्रको रामपुर ठोक्सिलास्थित माछापुछ्रे्र सामुदायिक वनमा हालै १३ फिट लम्बाइ भएको ठूलो सर्प प्रजातिको अजिङ्गर फेला परेको छ।
 
रामपुर ठोक्सिलाको माछापुछ्रे्र बनको बीचको सखुवाको रुखको फेदको सानो खाल्डामा उक्त अजिङ्गर हालै स्थानीय वन हेरालुले फेला पारेको कुरा जिल्ला वन कार्यालय उदयपुरका प्रमुख श्रीप्रसाद बरालले बताए।

फेला पारिएको उक्त अजिङ्गरलाई आफूले रामपुरकै राष्ट्रिय वन बेलकातरी वनमा लगेर छाड्न निर्देशन दिएको र प्रहरी र वनका कर्मचारीले बेलाकातरी वनमा लगेर सुरक्षित स्थानमा छाडेको पनि जिल्ला वन कार्यालयका प्रमुख बरालले बताए।
 
उदयपुर जिल्ला पूर्वकै सबैभन्दा ठूलो वन क्षेत्र भएको जिल्ला हुनाले यस जिल्लाको चुरे महाभारत क्षेत्रमा धेरै अजिङ्गरको वासस्थान समेत रहँदै आएको उनी बताउँछन्। 'यतिको ठूलो अजिङ्गर भेटिएको भने यो पहिलो पटक हो,' उनले भने।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell