PahiloPost

Dec 31, 2025 | १६ पुष २०८२

मादक पदार्थ सेवन गरी छुरा प्रहार, दुई जना घाइते



पहिलोपोस्ट

राजविराज : सप्तरीको हनुमाननगर योगिनिमाई नगरपालिका–४ स्थित इनरुवामा गएराति छुरा प्रहारबाट एकजना युवक गम्भीर घाइते भएका छन्।
 
स्थानीय २५ वर्षीय मनोजकुमार मण्डलले सोही ठाउँ बस्ने बुधन शारदारलाई छुरा प्रहार गरेका हुन्। मादक पदार्थ सेवनबाट मातेका उनले शारदारको पछाडिपट्टिको ढाडमा छुरा प्रहार गरेको प्रहरीले जनाएको छ।
 
छुरा प्रहारबाट गम्भीर घाइते युवकको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ।
 
यता छुरा प्रहार गर्ने मण्डललाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका मण्डल समेत घाइते भएकाले उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरी जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell