PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

श्रीमान् विदेशमा, श्रीमतीको मृत्यु रहस्यमय



पहिलोपोस्ट

श्रीमान् विदेशमा, श्रीमतीको मृत्यु रहस्यमय

गौशाला : महोत्तरीको भरतपुर गाविसमा गएराति एक महिलाको रहस्यमय मृत्यु भएको छ।
 
मृत्यु हुनेमा भरतपुर गाविस–६ बस्ने मोहमद फरोजकी पत्नी २० वर्षीया जसिरा खातुन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
 
उनका पति रोजगारीको सिलसिलामा भारतको तामिलनाडुमा रहँदै आएका छन्। जसिराको शव गएराति सुत्ने कोठामा काठको बलोमा सलको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए।
 
मृतक महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ भने घटनालाई रहस्यमय भन्दै प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell