PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

'प्रियसीको छुट्ने बेला' नारायणको यस्तो कोसेली



पहिलोपोस्ट

'प्रियसीको छुट्ने बेला' नारायणको यस्तो कोसेली

काठमाडौं : नेपाली सांगीतिक क्षेत्रमा देखापरेका नारायण सुवेदी आफ्नो एकल संगीतमा 'प्रियसी' एल्बम लिएर आएका छन्।
 
छ वटा गीत रहने एल्बमको शीर्ष गीत 'प्रियसीले छुट्ने बेला'को म्युजिक भिडियो भने सार्वजनिक भएको छ। सीता तिवारीले लेखेको गीतमा स्वरूपराज आचार्यको आवाज सुन्न पाइन्छ भने उदयराज पौडेलले यसको संगीत संयोजन गरेका छन्। अनुप चापागाईंले निर्देशन गरेको भिडियोमा रिचा थापा र महेश्वर थापाको अभिनय देख्न सकिन्छ। हरि न्यौपानेले खिचेको भिडियो टेकेन्द्र शाहको सम्पादन गरेका हुन्।
 
लामो समयको साधनापश्चात गत वर्ष सुवेदीले पहल र पहल-२ एल्बम आफ्नो एकल स्वरमा ल्याएका थिए।

प्रियसीले छुट्ने बेला...
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell