PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

फिल्म स्कुल सञ्चालनका लागि डभ साइमन नेपालमा



पहिलोपोस्ट

फिल्म स्कुल सञ्चालनका लागि डभ साइमन नेपालमा

काठमाडौं : अमेरिकी फिल्म मास्टर डभ साइमन जनवरी २२ र २३ मा सञ्चालन हुने 'डभ साइमन फिल्म स्कुल'का लागि मङ्गलबार नेपाल आएका छन्। आज नेपाल पर्यटन बोर्डमा एक कार्यक्रम आयोजना गरी स्कुलको कार्यसूची बारे उनले जानकारी दिए।

'कथा भए पनि नेपाली फिल्म इन्डस्ट्रीमा स्रोतको कमी छ। जसको असर फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शनमा पर्छ,' डभले भने, 'म नेपाली फिल्म विश्व बजारमा नपुग्नुको कारण, पुर्‍याउन सकिने माध्यममाथि पनि कुरा गर्नेछु।'

२० वर्षयता ३४ देशहरुमा सञ्चालन भएको फिल्म कार्यशालालाई द काठमाडौं अफ सिनेमा र अमेरिकी राजदूतावासले संयुक्त रुपमा आयोजना गर्न लागेको हो।

कार्यशाला अन्तर्गत डभले फिल्मको विषय, कथा लेखन, निर्माण, निर्देशन, प्रदर्शन, बजार, छायांकन, सम्पादन, बक्स अफिसमाथि छलफल गर्नेछन्।



डभका अनुसार पहिलो दिन फिल्मका लेखन, छायांकन, निर्देशन र कार्यशालामा समावेश फिचर फिल्मको आइडियामाथि छलफल हुनेछ। दोस्रो दिन फिल्म निर्माण र बिक्रीबारे जानकारीमूलक कार्यशाला गरिनेछ। 'मेरो मुख्य उद्देश्य सानो लगानीमा राम्रो फिल्म बनाउन प्रेरित गर्नु हो। अब  हलिउडको फिल्म बनाउने आइडिया नेपाली फिल्म निर्मातासँग पनि शेयर गर्नेछु,' डभले भने।

दुई दिनको कार्यशाला नेपाल पर्यटन विकास बोर्डमा बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म हुनेछ।

विश्वमा महङ्गो फिल्म स्कुलको रुपमा प्रसिद्ध डभ साइमन्स फिल्म स्कुलले नेपालका लागि भने ६ हजार रुपैयाँ शुल्क तोकेको छ। कार्यशालामा
करिब १५० जनाको सहभागिता रहनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell