PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

पत्रकार किशोर नेपाललाई स्वतन्त्र सेनानी पत्रकारिता सम्मान



पहिलोपोस्ट

पत्रकार किशोर नेपाललाई स्वतन्त्र सेनानी पत्रकारिता सम्मान

पाँचथर : पत्रकार किशोर नेपाललाई स्वतन्त्र सेनानी पत्रकारिता सम्मान प्रदान गरिने भएको छ।
 
नेपाल पत्रकार महासंघ पाँचथरको आजको बैठकले अग्रज पत्रकार नेपाललाई 'स्वतन्त्र सेनानी पत्रकारिता सम्मान २०७४' बाट सम्मान गर्न लागेको हो। सम्मान आउँदो गणतन्त्र दिवस २०७४ जेठ १५ मा प्रदान गरिनेछ। सम्मानको राशी २२ हजार २२२ रुपैयाँ छ।
 
चार दशकभन्दा बढी समयदेखि नेपाली पत्रकारिता र लोकतान्त्रिक आन्दोलनमा सक्रिय नेपाल कुशल निबन्धकार पनि हुन्। कान्तिपुर, नागरिक जस्ता राष्ट्रिय दैनिकहरुमा सम्पादनको भूमिका निर्वाह गरिसकेका उनको टेलिभिजन कार्यक्रम 'मत अभिमत' निकै लोकप्रिय थियो।

नेपाली पत्रकारिता सम्बन्धी विभिन्न पुस्तक निकालिसकेका उनका रंग मण्डल (लघु उपन्यास), अर्कै प्रस्तर (कथा) चिन्ताका क्षणहरू (निबन्ध), शक्तिको अवतरण (निबन्ध), पाताल (उपन्यास), सहरको कथा (उपन्यास) मेरो समय (आत्मकथा), राक्षसको गीत (निबन्ध) लगायतका कृति प्रकाशित छन्। उनको पछिल्लो पटक प्रकाशित पत्रकारिता सम्बन्धी पुस्तक 'मिडिया : सिद्धान्त, सूत्र र प्रयोग' हो।​



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell