PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

​जुटको बोरामा कोरेक्स भारतीय र नेपाली नागरिक पक्राउ



पहिलोपोस्ट

​जुटको बोरामा कोरेक्स भारतीय र नेपाली नागरिक पक्राउ

सप्तरी : नेपाल ल्याउँदै गरेको २ बोरा कोरेक्स सहित भारतीय नागरिक र उनका सहयगी नेपाली नागरकि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीले भारत सुपौलका शिवनन्दन पोदार रसप्तरी हनुमाननगरका जावेद मियालाई पक्राउ गरेको हो।

एसपी दिवस लोहनीका अनुसार उनीहरुको साथबाट ३ सय बोतल कोरेक्स फेला परेको छ। सप्तरी हनुमाननगर बजारमा दक्षिण पुर्व कोशी पलारको बाटो हुदै अबैध रुपमा लागू औषध ओसारपसार भई रहेको सूचनाको आधारमा खटिएको प्रहरीले भारतीय मोटरसाइकलमा लोड गरिरहेको अवस्थामा  सेतो प्लाष्टिकको बोरा र जुटको बोरामा कोरेक्स फेला पारेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell