PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

​शक्तिकेन्द्र धाएको भन्दै बैंकका सिइओसँग राष्ट्रबैंक रिसायो



सुदर्शन सापकोटा

​शक्तिकेन्द्र धाएको भन्दै बैंकका सिइओसँग राष्ट्रबैंक रिसायो

काठमाडौं : शक्ति केन्द्र धाएर अनावश्यक दवाव बढाको भन्दै राष्ट्र बैक बैंकका अधिकारी प्रमुख कार्यकारी अधिकृतहरुसँग रिसाएको छ।
बाणिज्य बैकहरुको छाता संगठन नेपाल बैकर्स संघले औपचारिक रुपमा अर्थमन्त्री कृष्णवहादुर महरालाई भेटेर तरलताको प्रबन्ध मिलाइ दिन भनेका थिए। उनीहरुले सरकारले खर्च गर्न नसक्ने हो भने राष्ट्र बैकमार्फत तरलता उपलब्ध गराइ दिन लबिङ गरेको केन्द्रीय बैकका अधिकारीहरुको आरोप छ।

बैकरहरुको टोलीले अनौपचारिक रुपमा कांग्रेस नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण  महतलाई भेटेर राष्ट्र बैकलाई तरलता प्रवाह गर्न पहल गरिदिन आग्रह गरेका थिए। यसवाहेक अन्य पार्टीका नेतालाई भेटेर राष्ट्र बैकमाथि दवाव वढाएको केन्द्रीय बैक स्रोतले बतायो।
 
शक्ति केन्द्र मार्फत आएका कतिपय दवावहरु थेग्न नसक्दा तरलता अभाव नहुँदा नहुँदै पनि पैसा उपलब्ध गराउन वाध्य भएको राष्ट्र बैंकका एक अधिकारीले दावी गरे।
'शक्ति केन्द्र धाएर राष्ट्र बैकलाई अनावश्यक दवाव दिने काम भएको छ' ती अधिकारीले भने, 'दवाव चर्को भएपछि लु केही गरिदिम्न त भनेर पैसा दिँदा यो भएन र त्यो भएन भन्दै हल्ला गरेर राष्ट्र बैकमाथि ‍औंला उठाउने काम भइरहेको छ।'

बैंकरले भने आफ्नो दवावका लागि शक्ति केन्द्र नधाएको दावी गरेका छन्। संघको नयाँ कार्यसमिति आएपछि औपचारिकताका लागि गभर्नरलाई भेट्न जाँदा तरलता प्रवाहका लागि आग्रह गरिएको एक बैकरले बताए।

'गभर्नरलाई तरलताका बारेमा कुरा गर्दा उहाँले नै  एक पटक अर्थमन्त्रीलाई पनि भेट्नुस भन्नु भएको थियो' ती बैकरले भने, 'गभर्नरले भनेपछि अर्थमन्त्रीलाई भेटेर तरलताको कुरा गरिएको हो। अरु शक्ति केन्द्र धाएका छैनौं।'


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell