PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

राजधानीको चक्रपथ सडकमा हत्या गरेर फरार युवकहरु पक्राउ



पहिलोपोस्ट

राजधानीको चक्रपथ सडकमा हत्या गरेर फरार युवकहरु पक्राउ

काठमाडौं : गत पुस २९ गते नागार्जुन नगरपलिका-४ बाफल पुल नजिक चक्रपथ सडकमा मृत फेला परेका युवराज घिमिरेको हत्यारालाई प्रहरीले पक्राउ गरेको छ। खोटाङ सन्टेल-३ घर भई काठमाडौं बस्ने २४ वर्षका घिमिरेको हत्या गरिएको अवस्थामा फेला परेका थिए।
 
सो घटनामा संलग्न भएको आरोपमा गोरखा चनौदी घर भई जैसीदेवल बस्ने पवन कार्की, सर्लाही नयाँरोड घर भई डल्लु बस्ने रोशन परियार, बैतडी घर बताउने स्वयम्भू बस्ने कविन्द्र बोहोरा रहेका छन्। उनीहरु सबै १६ वर्षका हुन्  
 
त्यस्तै लुटेको सामान खरिद गर्ने काभ्रे तुमाल घर भई हाल काठमाडौं बस्ने २६ वर्षका रुपेश श्रेष्ठ पनि पक्राउ परेका छन्।
 
घिमिरे त्यस दिन मदिरा सेवन गरेर आइरहेको अवस्थामा तीन जनाले मिलेर धनमाल लुट्ने प्रयास गरेका थिए। सोही क्रममा भाग्न खोज्दा ढुंगानले हानेर उनको हत्या गरिएको महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी कोमल शाहले बताए।
 
पक्राउ परेका तीनै जना लागुऔषध सेवन गरेर सडकमा बस्दै आएका युवाहरु हुन्। उनीहरुको साथबाट प्रहरीले घिमिरेबाट लुटिएका ल्यापटप, मोबाइल र बैंकको चेक समेत बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell