PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

मधेसी मोर्चालाई नमस्कार गरेरै बस्ने हो भने सरकारको औचित्य सकिन्छ : नेता रावल



पहिलोपोस्ट

मधेसी मोर्चालाई नमस्कार गरेरै बस्ने हो भने सरकारको औचित्य सकिन्छ : नेता रावल

काठमाडौं : नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले सानो सङ्ख्यामा रहेको मधेसी मोर्चाले रोक्न खोज्दैमा चुनाव रोक्न नहुने बताएका छन्।
 
रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको साक्षात्कारमा रावलले संविधान संशोधन नभई हुँदैन भन्ने सानो संख्यामा रहेको मोर्चालाई नमस्कार गरेर बसे सरकारको औचित्य समाप्त हुने बताए। 'संविधानसभाको दोस्रो निर्वाचनमा मोहन वैद्यहरु निर्वाचनमा नजाँदा नजाँदै चुनाव रोकिएन, अहिले आएर दुईचार जना मधेसका  ठालु नेताले भन्दैमा निर्वाचन रोकिँदैन,' उनले भने, 'अब प्रचण्डले तत्काल मिति घोषण गुर्नपर्छ, संविधानसभाको निर्वाचन गरे जस्तै अहिले पनि निर्वाचनमा जानुको विकल्प छैन।' यदि निर्वाच नगरे देश द्वन्द्वमा जाने रावलले खतरा औंल्याए।
 
रावलले संविधान संशोधन निर्वाचन गर्नका लागि आवश्यक नभएको भन्दै मधेसी मोर्चाका नेताहरुलाई तराई मधेसका जनताप्रति विश्वास छ भने आफ्ना एजेण्डा बोकेर निर्वाचनमा जान चुनौती दिए। उनले निर्वाचनका लागि सरकारलाई आफ्नो पार्टी नेकपा (एमाले) पूर्ण रुपमा सहयोग गर्ने बताएका छन्।
 
मधेसी मोर्चाका नेताले तपाईँलाई जेल हाल्नुपर्छ भनिरहेका छन् नि भन्ने सञ्चाकर्मीको जिज्ञासामा रावलले भने, ‘जेल त तिनलाई हाल्नुपर्छ, जसले देश घात गरिरहेका छन्। विदेशी दूतावासमा भात खाएर नेपालको संविधान संशोधनको कुरा ल्याइरहेका छन्।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell