
मेलिसा डोमे २० वर्षकी मात्र थिइन्। नर्स हुने सपना बुन्दै स्थानीय एक अस्पतालमा काम गर्दै गरेकी उनी एक युवकको प्रेममा थिइन्। दुबैको सम्बन्ध राम्रो थियो । तर अचानक एक दिन उनको प्रेमी उनको लागि काल समान बनेर आए। एक विवादमा उनले प्रहरी बोलाएर प्रेमीलाई पक्राउ गराएकी थिइन्। त्यसकै बदला लिन उनको प्रेमीले उनलाई लगातार चक्कुले हानिरहे जसबाट उनलाई ३२ वटा गम्भिर चोट लाग्यो । उनको ज्यान जोगियो। उनलाई लागेको थियो जिवनमा अब कसैलाई प्रेम गर्न सक्ने छैन। तर प्रेम मात्रै हैन विवाहनै भयो ।
मेलिसाको त्यो दुखद स्मरण उनकै शब्दमा ः
म कलेजमा पढ्थे र एक स्थानीय अस्पतालको रिसेप्सनमा काम गर्थे। मेरो सपना थियो नर्स बन्ने । म रोबर्ट बर्टनको प्रेममा थिए। उ निक्कै आकर्शक युवा थियो। उसको स्वभाव निक्कै राम्रो थियो।
तर विस्तारै उसको व्यबहार बदलिदै गयो। उ इर्ष्या गर्न थाल्यो। उसको बललिएको व्यवहार देखेर म आफूलाई नै घृणा गर्न थालिसकेको थिए। उ म सँग झुटो बोल्थ्यो। मलाई गाली गर्थ्यो र झोक्किन्थ्यो।
मैले उ सँग अलग हुन नचाहेको हैन। प्रयास पनि गरे । तर मैले उसलाई छाडे आत्महत्या गर्छु भन्दै मलाई धम्क्याउन थाल्यो। मैले निर्णय गर्न सकिन।
एक दिन उसले धेरै रक्सि पिएको थियो। उसलाई आफ्नो घरमा लिएर गए। घरको ढोका बन्द गरे लगत्तै उसले मलाई पिट्न थाल्यो। मैले प्रहरीमा उजुरी दिए र उ पक्राउ पर्यो।
मलाई लाग्यो अब उसबाट मुक्ती पाए । केही महिनासम्म उसले मेरो बारेमा कुनै चासो पनि लिएन। लाग्यो उसले मलाई बिर्सियो। तर हैन रहेछ।
सन् २०१४ जनवरी २४ मा उसले मलाई फोन गरेर भेट्न आग्रह गर्यो । सबै विवाद समाधान गरेर एक पटक पुन आफ्नो अंगालोमा बाध्न चाहेको बतायो।
तर मलाई लाग्यो केही गडबड पक्कै छ। तै पनि म उसलाई भेट्न गए। सुरक्षाका लागी कालो खुर्सानीको धुलो र स्प्रे बोकेर गएको थिए। मोवाइल फोन पनि थियो।
जव उ सँग भेट भयो उसले एक्कासी चक्कु निकाल्यो र लगातार आक्रमण शुरु गर्यो। आफुलाई जोगाउन प्रतिवाद गरिरहे। उसबाट फुत्किन उसको हातमा दाँतले टोके। मुक्का हाने। धकेले र चिच्याए ।
म जमिनमा लडे । मेरो शरिरबाट धेरै रगत बगिरहेको थियो। जव म चिच्याए उसलाई लाग्यो प्रहरी आउँदैछ। उ मलाई मार्न चाहन्थ्यो। त्यसैले उसले अझ ठुलो चक्कु निकाल्यो र लगातार आक्रमण शुरु गर्यो।
धेरै चोट लागेकाले म मृत्यु नजिकै पुगिसकेको थिए। अस्पतालमा लामो समयसम्म भर्ना भए । मलाई १२ बोतल रगत चढाइएको थियो।
तर चमत्कार भयो । म बाँचे।
जव जिवन जोगियो त्यो बेलामा लागेको थियो जिवनमा अब कहिल्यै कसैलाई प्रेम गर्न सक्दिन। तर मलाई फेरी प्रेम भयो।
जव म केही निको भए मलाई उपचार गर्ने इमर्जेन्सी टोलीका सदस्यलाई भेट्न गए। उनीहरुले मलाई दोस्रो जिवन दिएका थिए।
त्यो टोलीमा क्यामर नामको एक ब्यक्ति पनि थियो। क्यामरले मलाई र मेरो आमालाई बेलुकाको खानामा बोलायो। मलाई आफ्नो फोन नम्बर पनि दियो।
मैले एक सातापछि उ सँग भेटे र धन्यवाद कार्ड दिए । मलाई लाग्यो कि कुरा यत्तीनै हो। तर हामी ६ घन्टासम्मसँगै बसेर कुरा गर्यो । मलाई लाग्यो हामी विच केही विशेष सम्बन्ध छ।
त्यसपछि हाम्रो भेटघाटकोक्रम जारी रह्यो। हामीले पटक पटक भेट्यौ । कहिले बारविक्युमा त कहिले सुटिङ् रेञ्जमा । मैले नरसिङ् पढ्न छाडिदिए र बिजनेस एडमिनिस्ट्रेशन पढ्न थाले। यो विचमा हाम्रो भेट जारी थियो।
टेम्पावे रेजको बेसबल कोर्टमा मलाई हिंस्रक आक्रमणबारे बोल्न निमन्त्रणा आयो । म राजि भए। त्यहा क्यामरन पनि थियो। उसले त्यही मसँग सोध्यो के तिमि म सँग विवाह गर्छौ ?
त्यो क्षण मेरो जीवनको सबैभन्दा अविस्मरणिय क्षण थियो। म हेरेकोहेर्यै भए। मलाई लाग्यो म चन्द्रमामा छु। मैले तत्काल उसको प्रस्ताव स्विकार गरे।
उसले मलाई एउटा शुन्दर हिराको औठी उपहार दियो। केही महिनापछि हामीले विवाह गर्यौ। मेरो विवाहमा ती सबै ब्यक्तिहरु थिए जसले मलाई दोस्रो जीवन दिएका थिए।
अहिले म निक्कै खुसी छु।
स्रोत ः बीबीसीहिन्दी