PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

शिक्षामन्त्री भेटेर शिक्षकले भने : राजनीति गर्न पाउँ



पहिलोपोस्ट

शिक्षामन्त्री भेटेर शिक्षकले भने : राजनीति गर्न पाउँ

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले शिक्षकले राजनीतिक दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था हटाउन माग गरेको छ । शिक्षामन्त्री धनीराम पौडेलसँग आज शिक्षा मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै महासङ्घले शिक्षकलाई राजनीतिक दलको सदस्यता लिएमा अवकाश दिने र शिक्षा विभागबाट सोझै शिक्षकको सरुवा गर्न सक्ने जस्ता प्रावधान शिक्षा नियमावलीमा नल्याउन आग्रह पनि गरेको छ ।

विगतमा सहमति भएका पेसागत हितका विषय सम्बोधन गर्न पनि माग गरिएको महासङ्घका महासचिव तिलक कुँवरले जानकारी दिनुभयो । शिक्षा ऐन (आठौं संशोधन), २०७३ मा शिक्षकले राजनीतिक दलको कुनै समितिको कार्यसमितिमा बस्न नपाउने व्यवस्था रहेको तथा त्यसको कार्यान्वयनका लागि नयाँ नियमावली जारी हुने तयारीमा छ ।

महासङ्घका अध्यक्ष केशव निरौलाको नेतृत्वको टोलिले दिएको ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले शिक्षकका माग र सरोकारप्रति मन्त्रालय सकारात्मक भएको बताएका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell