राजविराज : मोटरसाइकल दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा सप्तरीको मल्नहवा–६ निवासी ३५ वर्षीय राजनारायण चौधरी रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका चौधरीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ७ प १७९१ नंको मोटरसाइकल महेन्द्र राजमार्गअन्तर्गत कञ्चनरुप–११ मा रोकिराखेको नम्बर खुल्न नसकेको ट्रयाक्टरमा मंगलबार राति ठोक्किएर दुर्घटना भएको थियो। रासस