PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

​विद्युत चोरीमा संलग्न ९१ जनालाई कारवाही, ११ लाख राजस्व संकलन



पहिलोपोस्ट

उर्लाबारी (मोरङ) : नेपाल विद्युुत् प्राधिकरण, विराटनगरले विद्युुत् चुुहावट नियन्त्रण अभियानअन्तर्गत हुुकिङ गरेर विद्युत् चोरी गर्ने ९१ जनालाई कारबाही गरेको छ। 

विजुलीको पोलबाट हुुकिङ गरेर सिँचाइ तथा घरमा विद्युुत् चोरी गर्ने कारबाहीमा परेको कार्यालय प्रमुुख शम्भुु कुुसियतले बताए। 

विद्युत् चोरी गरेर प्रयोगमा आएका एकसय ४० थान टेलिभिजन, १७ थान फ्रिज, ३० थान डिसहोम तथा अन्य गरी तीनसय २८ थान सामान पनि नियन्त्रणमा लिइएको छ। 

अभियानअन्तर्गत विगत तीन महिनामा रु ११ लाख ४६ हजार ६ सय राजस्वसमेत असुुल भएको जनाइएको छ। विद्युुत् चुुहावट नियन्त्रण अभियानअन्तर्गत अहिले दैनिक तीन देखि चार जनालाई कारबाही गरिरहेको कार्यालयले जनाएको छ। 

विद्युुत् चोरी गर्ने विराटनगरको अरुण सिनेमा हललाई सबैभन्दा बढी रु एक लाख ३४ हजार जरिवाना गरिएको कार्यालय प्रमुुख कुसियतले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell