PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

पश्चिमसेती जलविद्युत् आयोजना अघि बढाउने प्राधिकरणको निर्णय



पहिलोपोस्ट

काठमाडौं : पश्चिमसेती जलविद्युत् आयोजना अघि बढाउन नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले स्वीकृति दिएको छ। 

प्राधिकरणको सञ्चालक समितिको आजको बैठकले चिनियाँ प्रवद्र्धक थ्रि गर्जेजबीच आयोजनाका लागि भएको संयुक्त कम्पनी स्थापना गर्नेसम्बन्धी प्रस्तावलाई स्वीकृत गर्दै सोको जानकारी लगानी बोर्डलाई समेत गराउने निर्णय गरेको हो। 

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले आयोजना नेपालको उच्च प्राथमिकतामा रहेको र आयोजना अघि बढाउन सरकारको निर्देशनअनुसार नै चिनियाँ लगानीकर्तालाई सञ्चालक समितिबाट आमन्त्रण गरिएको जानकारी दिए। 

पाँच वर्ष अघि आयोजना विकास सम्बन्धमा सरकार र चिनियाँ पक्षबीच प्रारम्भिक सम्झौता भए पनि प्रवद्र्धकले प्रसारण लाइन पुनःस्थापना, मुअब्जालगायत विषयमा नेपालको निर्णय पर्खेको थियो। 

कूल ७५० मेगावाट क्षमताको र करिब रु एक खर्बलागत लाग्ने सो आयोजनामा ७५ प्रतिशत लगानी थ्रि गर्जेजको र बाँकी प्राधिकरणको हुनेछ । अछाम र डोटीको सीमाना भएर बग्ने सेती नदीमा निर्माण हुने आयोजनाले बढी विद्युत् माग हुने साँझको समयमा सञ्चालनका लागि उपयुक्त आयोजना मानिन्छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell