PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

आन्तरिक पर्यटक तान्न पर्साको सुवर्णपुरवासी होमस्टेमा जुटे



पहिलोपोस्ट

  • वीरेन्द्र कर्ण
वीरगन्ज : पर्साको ग्रामीण बस्ती सुवर्णपुर गाविसका स्थानीयवासीले होमस्टे निर्माण गरी आन्तरिक पर्यटकलाई तान्न थालेका छन्।
 
प्राकृतिक सम्पदाले भरिपूर्ण पर्सा वन्यजन्तु आरक्ष घुम्न आउने आन्तरिक पर्यटकका लागि आरक्षभित्र रहेका चित्तल, बँदेल, मयूर जस्ता जनावर तथा पन्छी र बाघमोचन (टावर), माईस्थान, घोडे मसान, बुद्धेश्वर महादेव जस्ता तीर्थस्थल, चारकोसे झाडी, डापही दहजस्ता प्राकृतिक दृश्यले आन्तरिक पर्यटकलाई लोभ्याउने गरेका छन्।
 
प्रदेश नम्बर २ मा पर्यटक आकर्षित गर्ने धेरै प्राकृतिक तथा प्राचीन सम्पदा रहेकाले यहाँ आउने पर्यटकका लागि बासस्थानका लागि होमस्टे स्थापना गर्ने क्रम बढ्दै गएको छ। पर्सा वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रअन्तर्गत सुवर्णपुर गाविसको वडा नं २ र ९ मा १५ वटा होमस्टे स्थापना गरिएको व्यवस्थापन समितिका अध्यक्ष शम्भुराम पाण्डेले बताए। सरकारी उदासीनता र प्रचारप्रसारको अभावमा भने होमस्टे ओझेलमा पर्दै गइरहेको उनले गुनासो गरेका छन्।
 
यस क्षेत्रमा पिकनिक स्थल, स्थानीय वेशभूषा तथा संस्कृति झल्काउने सांस्कृतिक भवन निर्माण गर्ने लक्ष्य लिए पनि आर्थिक अभावका कारण सो गर्न नसकिएको सुवर्णपुरका मङ्गनी साहले बताए।
 
परम्परागत संस्कृति वेशभूषा रहनसहनको उद्गमस्थलका रुपमा रहेको सुवर्णपुरमा एउटा सांस्कृतिक भवन बनाउन सकिए यसले आन्तरिक पर्यटनलाई थप सेवा दिई आर्थिक विकास अगाडि बढ्ने विश्वास व्यक्त गरिएको छ। संस्कृति भवन काठमाडौँ, हेटौंडा, सीमावर्ती भारतीय सहर जितपुर, तथा वीरगन्जबाट आउने पर्यटकलाई लक्षित गरी निर्माण गरिएको होमस्टेमा स्थानीय विभिन्न किसिमका परिकार लोकप्रिय हुँदै गएका छन्।
 
प्राकृतिक दृश्य, जैविक विविधताले भरिपूर्ण वनजङ्गल लोप भइरहेको अवस्थामा जङ्गली जनावर, चराचुरुङ्गी तथा ऐतिहासिकस्थलहरु पर्यटक लोभ्याउने मुख्य धरोहरका रुपमा रहेका छन्।रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell