PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

छोँज धीँ र जनजाति महासंघको विवादले बन्द तमु संग्रहालयको ताला दुई वर्षपछि खुल्यो



पहिलोपोस्ट

छोँज धीँ र जनजाति महासंघको विवादले बन्द तमु संग्रहालयको ताला दुई वर्षपछि खुल्यो

(लमजुङ) बेसीसहर : सदरमुकाम बेसीसहरमा दुई वर्षदेखि बन्द रहेको ऐतिहासिक तमु सङ्ग्रहालय भवनको ताला खोलिएको छ।
 
तमु ह्युला छोंज धीं लमजुङ र आदिवासी जनजाति महासङ्घबीच आन्तरिक विवादका कारण बन्द रहेको भवनको ताला प्रशासनले बुधबार खोलेको हो। सङ्ग्रहालय व्यवस्थापन, नयाँ सहमति लगायतमा सहमति जुटेपछि प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले ताला खोलेका थिए।
 
गुरुङ अगुवाबीच विवाद बढेपछि स्थानीय प्रशासनले तमु सङ्ग्रहालयमा २०७१ साल पुस २२ गते ताला लगाएको थियो। भवनमा तालाबन्दी भएपछि सङ्ग्रहालयमा रहेको तमु ह्युला छोंज धीं जिल्ला कार्यसमितिको प्रशासनिकलगायत कार्य बन्द भएको थियो।
 
संस्थामा अनियमितता भएको आरोप लगाउँदै तमुवान् युथ भोलिन्टियर्सको नाममा केही युवाले २०७१ साल जेठ १५ गते ताला लगाएका थिए। ताला खुलाउने विषयमा सहमति नजुटेपछि तमु ह्युला छोंज धींको समिति र सङ्ग्रहालय व्यवस्थापन समितिले सोही महिनाको १८ गते पत्रकारसम्मेलन गरी संस्थालाई प्रशासनको जिम्मा लगाएको थियो।
 
स्थानीय प्रशासनले सम्बन्धित पक्षलाई बोलाएर पटक–पटक सहमति जुटाउनका लागि प्रयास गरे पनि असफल भएपछि प्रशासनले ताला लगाएर संस्थाको जिम्मा लिएको थियो। विवाद समाधानका निम्ति सांसद जमिन्द्रमान घले, राप्रपा केन्द्रीय नेता हेमजङ्ग गुरुङ र नेपाली काँग्रेसका गमप्रसाद गुरुङ लागिपरेका थिए। सहमतिअनुसार तमु ह्युला छोंज गुरुङ राष्ट्रिय परिषद्को नयाँ कार्यसमिति चयन गरिएको छ।
 
गुरुङ अगुवा तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का जिल्ला अध्यक्ष प्रेमबहादुर घले, सङ्ग्रहालयका महासचिव ताराराज घले र नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्का अध्यक्ष खेमजङ्ग गुरुङले लिखित सहमति जनाएका छन्।
 
आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्को समयावधि सकिएकाले आगामी चैतभित्र अधिवेशन गर्ने, तमु सङ्ग्रहालयको साधारण सभा र आदिवासी जनजातिको अधिवेशन प्रक्रिया सँगसँगै गर्ने लगायतको सहमति भएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell