PahiloPost

Dec 31, 2025 | १६ पुष २०८२

दुई दिनदेखि बन्द हेटौंडा बजार आजदेखि खुल्यो



पहिलोपोस्ट

हेटौँडा : दुई दिनदेखि बन्द रहेको हेटौँडाबजार आज बिहानदेखि सञ्चालनमा आएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपनगरपालिका–१ र १० मा रहेको हेटौँडा–नारायणघाट सडकखण्डको राप्ती रोडमा सर्वसाधारणका घर भत्काएको विरोधमा व्यापारीले बजार बन्द गराएका थिए।

मध्यमाञ्चल सडक क्षेत्रीय कार्यालय हेटौँडाले एसियन हाइवेअन्तर्गत पर्ने भन्दै सडकको दुवैतर्फ २५–२५ मिटरको सडक चौडा पार्न सर्वसाधारणका १४ वटा घर र रेडक्रस सोसाइटीको भवनसहित १५ भवन भत्काएको थियो।
 
सर्वसाधारण नागरिकको घर र जग्गाको उचित मुआब्जा दिएर मात्रै घर भत्काउनुपर्ने क्षेत्रीय सडक डिभिजन कार्यालयसामु माग गरिएको मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार न्यौपानेले बताए।
 
क्षेत्रीय सडक कार्यालय, हेटौँडा उपनगरपालिका अन्तर्गत रहेको स्थानीय रातोमाटेदेखि स्थानीय चौकीटोल र हेटौँडा–नारायणघाट सडकखण्डमा पर्ने करिब दुई हजार आठ सय घरलाई आगामी १५ दिनभित्र नभत्काउने गरी मालसामान सार्न अनुरोध गरी सूचना प्रकाशित गरेको सो कार्यालयले जनाएको छ।
 
उक्त सडकखण्डको दुवैतर्फ २५–२५ मिटर छाड्नुपर्ने बाध्यताले गर्दा हजारौँ सर्वसाधारण नागरिक सुकुम्वासी बन्नुपर्ने अवस्था आएको मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष न्यौपानेले बताएका छन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell