PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

यमबुद्धलाई सम्झिँदै गायिका आस्था राउतले लेखिन् कविता



पहिलोपोस्ट

यमबुद्धलाई सम्झिँदै गायिका आस्था राउतले लेखिन् कविता

काठमाडौं : 

पत्याउनै सक्दिन साथी,
छाडेर गयौ खै कहाँ धेरै धेरै माथि
सोच्थेँ तिमी जुझारु छौ,
शब्दको वाण हान्न सफल योद्धा हौ!
गायिका आस्था राउतले र्‍याप गायक यमबुद्धलाई श्रद्दाञ्जली व्यक्त गर्न कोरेको कविताको हरफ हो यो।

र्‍यापर यमबुद्धको पोस्टमार्टमको रिपोर्टले बतायो- उनले आत्महत्या नै गरेका हुन्। गत शनिबार नर्थहोल्टस्थित आफू बस्दै आएको घरको बाथरुममा झुण्डिएको अवस्थामा फेला परेका थिए उनी। सकारात्मक सन्देश र जनचेतनाका लागि कलम चलाउने उनले आत्महत्या भन्ने खबर विश्वास गर्न धेरैलाई गाह्रो पर्‍यो।

कतिले त ड्रग्स ओभरडोज वा हत्याको आशंङ्का गरे। तर परिवार निकट स्रोतले जानकारी दियो, उनले आत्महत्या नै गरेको पुष्टि भयो।
आज पाँच दिन बित्दासम्म पनि उनलाई श्रद्दाञ्जली दिने क्रम जारी छ। उनको पार्थिव शरीर नेपाल ल्याउने नल्याउने टुङ्गो लागेको छैन।
विभिन्न कलाकारहरुले पनि उनीसँगको तस्बिर वा संवादको टुक्रा सार्वजनिक गरेर आफ्नो भावना पोखे।

गायिका आस्थाले भने उनको लागि कविता कोरेकी हुन्। आज आफ्नो फेसबुकमा लेखेको आस्थाको कविता-
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell