PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

बिहानसम्म ओबामा सुतेको पलङमा बेलुका ट्रम्प हुनेछन्, व्हाइटहाउसमा नयाँ राष्ट्रपति भित्र्याउन के छ तयारी?



पहिलोपोस्ट

बिहानसम्म ओबामा सुतेको पलङमा बेलुका ट्रम्प हुनेछन्, व्हाइटहाउसमा नयाँ राष्ट्रपति भित्र्याउन के छ तयारी?

एजेन्सी : अमेरिकी राष्ट्रपति बाराक ओबामा जनवरी २० को बिहान आँखा खोल्दा व्हाइटहाउसको पलङमा हुनेछन्। तर जब रात पर्छ त्यही पलङमा ओबामा होइन डोनल्ड ट्रम्प सुतिरहेका हुनेछन्।
 
जनवरी २० को दिउँसो १२ बजेसम्म व्हाइटहाउसको उत्तराधिकारी ओबामा नै हुन्छन्। १२ बज्न एक मिनेट बाँकी रहदासम्म पनि नयाँ राष्ट्रपति ट्रम्प प्रवेश गर्न पाउनेछैनन्।
 
अहिले व्हाइटहाउसमा नयाँ राष्ट्रपतिलाई स्वागत र ओबामालाई बिदाई गर्ने तयारी भइरहेको बिबिसी हिन्दीले लेखेको छ।
 
०००
बिहान साढे १० बजे डोनाल्ड ट्रम्प उद्घाटन भाषणको लागि तयार हुँदा व्हाइटहाउसमा ट्रम्पको सामान बोकेर ठूला ट्रक प्रवेश गर्नेछन्। संयोग सोही समयमा ओबामाको सामान लिएर ठूला ट्रक बाहिरनेछन्।
 
ट्रकमा व्हाइटहाउसका कर्मचारीले ओबामाको सामान हाल्न सुरु गरिरहँदा केही कर्मचारीले ट्रम्पको सामान भित्र्याइरहेका हुनेछन्। भित्तामा कलर लगाउने, सिसा सफा गर्ने र साँझमा १३२ कोठाको हाउसमा नयाँ राष्ट्रपतिको स्वागत हुनेछ।
 
जबसम्म नयाँ राष्ट्रपति व्हाइटहाउस प्रवेश गर्दैनन् तबसम्म त्यहाँको जिम्मेवारी कर्मचारीले नै लिनेछन्।
 
सन् २००९ मा ओबामा शिकागोबाट वाशिङ्टन आउँदा आफ्नै पैसामा सामान लिएर आएका थिए। उनले व्हाइटहाउसका कर्मचारीलाई सामान सुम्पे। कर्मचारीले नै सामान खोल्ने र कहाँ राख्ने जिम्मेवारी पूरा गरेका थिए।
 
०००
ट्रम्प पत्नी मेलानिया उनकै साथमा व्हाइटहाउस प्रवेश गर्नेछिन्। न्युयोर्क पत्रिकाका अनुसार ट्रम पत्नी मेलानिया व्हाइटहाउसमा ग्यालमर कोठा बनाउन चाहन्छिन्। जुन उनको मेकअपको लागि छुट्टै होस्। ट्रम्पकी पत्नी मेकअपका लागि नै सवा घन्टा बिताउँछिन्।
 
राष्ट्रपति भवनभित्र ऐतिहासिक फेरबदल गर्न पाइँदैन। तर समान्य परिवर्तन राष्ट्रपतिको चाहना अनुसार हुने गरेको छ। यसअधि ओबामाले टेनिस कोर्टलाई बास्केटबल कोर्टमा बदलेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell