PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

​भारतीय बक्सअफिसमा दीपिका पादुकोण अभिनित ‘ट्रिपल एक्स' असफल



पहिलोपोस्ट

​भारतीय बक्सअफिसमा दीपिका पादुकोण अभिनित ‘ट्रिपल एक्स' असफल

बलिउड अभिनेत्री दीपिका पादुकोण अभिनित ‘ट्रिपल एक्स द रिर्टन अफ जेंडर केज’ले बलिउड बक्स अफिसमा राम्रो व्यापार गर्न सकेन। भारतका लागि पहिले सार्वजनिक भएको फिल्मले पाँच दिनमा मात्र २२ करोड ग्रस कलेक्शन गरेको बलिमुभी रिभ्युले जनाएको छ।

दीपिकाको यो पहिलो हलिउड फिल्म हो। सो फिल्मको ट्रेलर युट्युबमा केही समयका लागि ट्रेन्डिङमा रहने गरी हिट्स बटुले पनि दर्शक फ्लो भने उत्साहजनक हुन सकेन।

फिल्मले १०० करोड बढी कमाउने अनुमान सहित भारतका लागि शनिबार पहिलो प्रदर्शन गरिएको थियो।

बलिउड नायिकाहरुको हलिउड इन्ट्री बढ्दो छ। अर्की बलिउड अभिनेत्री प्रियंका चोपडा अभिनित 'वेवाच' पनि प्रदर्शनको लाइनअपमा छ। मे २६ बाट सार्वजनिक हुने फिल्मको प्रचारका लागि प्रियंका लागिपरेकी छिन्। दुई साताअघि फिल्मको भारतीय भाषाको ट्रेलर पनि सार्वजनिक भएको छ। कस्तो रहला ट्रिपल एक्सको तुलनामा वेवाचको बक्स अफिस?

फिल्ममा प्रियंकाले भिक्टोरिया लीड्सको भूमिका निर्वाह गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell