
काठमाडौं : मन्त्रिपरिषद्को आजको बैठकले विभिन्न निर्णय गरेको छ। ती निर्णय यस्ता छन्-
- राष्ट्रिय किसान आयोग गठन।
- नेपाली सेनाको प्राविधिक सेनानी खुमबहादुर कुँवरलाई प्रविधिक महासेनानीमा बढुवा।
- २०७१ सालमा बाढीपहिरोले क्षति पुर्याएको बाँके, बर्दिया लगायतका जिल्लाका पीडितलाई अनुदान वितरण गर्नका लागि कार्यविधि स्वीकृत।
- रेडियो नेपालको कार्यकारी निर्देशकमा सुरेशकुमार कार्की नियुक्त।
- महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता किरण पौडेललाई नायव महान्यायाधिवक्तामा नियुक्त।
- सर्वोच्च अदालतका सहरजिष्ट्रार नहकुल सुवेदी न्याय परिषद्का सचिवमा नियुक्त।
- सर्वोच्च अदालतका सहरजिष्ट्रार नृपध्वज निरौला सर्वोच्चका रजिष्ट्रारमा नियुक्त।
- कानुन मन्त्रालयका सहसचिव राजीव गौतम सचिवमा नियुक्त।
- सहन्यायाधिवक्ता राजनप्रसाद भट्टराईलाई बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन समितिको सचिव।
- नेपाल दुरसञ्चामर प्रधिकरणमा रिक्त दुई पदाधिकारी पदपूर्तिका लागि सञ्चारसचिव, सहसचिव र विज्ञ भीष्मराज कँडेल सहित तीन सदस्यीय समिति गठन।
- सामाजिक संरक्षम र व्यक्तिगत घटना दर्ता र सवलीकरका लागि विश्व बैंकको १६ अर्ब ३७ करोड ऋण स्वीकृत।
- काभ्रेका अजित मिजार र लक्ष्मी परियारको हत्या घटना छानबिनका लागि युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीको संयोजकत्वमा छानबिन समिति गठन।