PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

सर्वोच्चको रजिष्ट्रारमा निरौला, न्याय परिषद‍् सचिवमा सुवेदी



पहिलोपोस्ट

सर्वोच्चको रजिष्ट्रारमा निरौला, न्याय परिषद‍् सचिवमा सुवेदी

काठमाडौं : महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता किरण पौडेल नायव महान्यायाधिवक्तामा नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई नियुक्त गरेको हो।
 
नायव महान्यायाधिवक्ता राजेन्द्र सुवेदीलाई न्याय परिषद्ले पुस २८ गते उच्च अदालतको न्यायाधीशमा नियुक्ति गरेपछि सो ठाउँमा पौडेल आएका हुन्।
 
यस्तै सर्वोच्च अदालतका सहरजिष्ट्रार नहकुल सुवेदी भने न्याय परिषद्का सचिवमा नियुक्त भएका छन्। सचिव कृष्ण गिरी उच्च अदालतको न्यायाधीशमा नियुक्त भएपछि त्यहाँ सुवेदीलाई पठाउने सरकारले निर्णय गरेको हो। 

मन्त्रिपरिषद् बैठकले सर्वोच्चकै सहरजिष्ट्रार नृपध्वज निरौला रजिष्ट्रारमा नियुक्त गरेको छ। हिजोको न्याय सेवा आयोगले नाम सिफारिस गरेको थियो। यसअघिका रजिष्ट्रार श्रीकान्त पौडेल पनि उच्च अदालतको न्यायाधीश नियुक्ति भइसकेका छन्।
 
यस्तै कानुन मन्त्रालयका सहसचिव राजीव गौतम भने सचिवमा नियुक्त भएका छन्। आजको बैठकले सहन्यायाधिवक्ता राजनप्रसाद भट्टराईलाई बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन समितिको सचिव तोक्ने निर्णय पनि गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell