PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

'भाग्यले बाँचेकाहरु’का निर्देशकलाई अन्तर्राष्ट्रिय डकुमेन्ट्री निर्देशक अवार्ड



पहिलोपोस्ट

'भाग्यले बाँचेकाहरु’का निर्देशकलाई अन्तर्राष्ट्रिय डकुमेन्ट्री निर्देशक अवार्ड

काठमाडौं : नेपाली डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डेलाई ‘उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री निर्देशक अवार्ड’ दिइएको छ। राजस्थान अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पाण्डेले अन्तर्राष्ट्रिय डकुमेन्ट्री विधामा ‘उत्कृष्ट निर्देशक अवार्ड’ जितेका हुन्।

बुधबार भारतको जयपुरमा भएको तेस्रो राजस्थान अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पाण्डेले प्राकृतिक प्रकोपको समयमा पनि डकुमेन्ट्रीका लागि गरेको मेहनतको चर्चा भयो।

उत्कृष्ट निर्देशकको अवार्डका लागि नेपाल, इटली, भारत, अफगानिस्तान, फ्रान्सका फिल्ममेकरहरु मनोनीत थिए।    

२०७२ वैशाखमा नेपालको भूकम्पमा परेर पनि बाँच्न सफल पात्रको कथामा बनेको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ले एक दर्जन अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ। त्यस्तै ३२ देशमा प्रदर्शनका लागि छानिएको छ।

यही साता अमेरिकाको एशियन्स अन फिल्म फेस्टिभल र बंगलादेशको ढाका इन्टरनेशनल फिल्म फेस्टिभलमा पनि भाग्यले बाँचेकाहरु अवार्डका लागि मनोनित भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell