PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

प्रहरी टोलीमाथि गोली प्रहार गरी फरार दुई लुटेरा पक्राउ



पहिलोपोस्ट

काठमाडौं : सहकारीको सेफ चोरेर प्रहरीलाई गोली हानेर भागेका दुई युवा पक्राउ परेका छन्। पाँच महिनाअघि ललितपुरस्थित एक सहकारीको सेफ लुटेर भाग्ने क्रममा प्रहरीसँग जम्काभेट भएपछि उनीहरुले प्रहरीलाई गोली हानेर हानेर फरार भएका थिए।  
  
महानगरीय प्रहरी अपराध महाशाखाले घटनामा संलग्न रहेको आरोपमा कुमार भन्ने निङ लामा र पेमा लामालाई पक्राउ गरेको हो।

पेमा काठमाडौं-सर्लाही रुटमा ना १ ज ३९४८ नम्बरको टाटा सुमो चलाउँदै आएका छन्। घटनाको दिन पक्राउ परेका कुमारले आकाश भन्ने पेमा लामा र फरार अन्य दुई जनालाई चोरी गर्ने मनासायले फोन गरेर ललितपुरको सन्तानेश्वर मन्दिर नजिक बोलाएका थिए।

त्यसपछि उनकै योजनामा नजिकै रहेको सन्तानेश्वर बचत तथा ऋण सहकारी संस्थामा पुगी ढोका फोडी सहकारीको सेफ तथा महत्वपूर्ण कागजपत्र लिएर भागेका थिए। भाग्ने क्रममा चन्द्रागिरि नगरपालिका-११ को चिहानडाँडामा प्रहरीले शंका लागेर जाँच गर्गन खोज्दा गोली हनेर भागेका थिए।

प्रहरीले सेफ नियन्त्रणमा लिएर जाँच गर्दा केही कागजपत्र र २० रुपै‌ंयामात्र फेला परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell