काठमाडौँ : नवनियुक्त मन्त्रीद्वय प्रेमबहादुर सिंह र कुमार खड्काले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै मन्त्रीलाई सपथ ग्रहण गराइन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौजुदा मन्त्रिमण्डल विस्तार गर्दै सिंहलाई खानेपानी तथा सरसफाइ र खड्कालाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिएका हुन्।
नवनियुक्त मन्त्री सिंह समाजवादी जनता दल र खड्का अखण्ड नेपाल पार्टीबाट व्यवस्थापिका–संसद्को सदस्य हुन्। संविधान संशोधनको अंकगणितको खेल तीव्र भइरहँदा प्रधानमन्त्रीले साना दलका सांसदलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
दुवै मन्त्रालय प्रधानमन्त्री आफैँले सम्हाल्दै आएका थिए। प्रधानमन्त्रीले राप्रपा र फोरम लोकतान्त्रिकलाई पनि सरकारमा आउन आह्वान गर्दै आएका छन्। तर ती दलहरुले तत्काल सरकारमा नजाने संकेत प्रधानमन्त्रीलाई दिएपछि साना दलहरुलाई सहभागी गराएर प्रचण्डले सरकार विस्तार गरेका हुन्।
गत साउन २० गते गठन भएको प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् राज्यमन्त्री सहित ४१ सदस्यीय थियो। आज दुई मन्त्री थपिएपछि मन्त्रिपरिषद् ४३ सदस्यीय भएको छ। फोटो : रासस