PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

सुन तस्करीमा भन्सार कर्मचारीको संलग्नता नरहेको छानबिन समितिको दाबी



पहिलोपोस्ट

सुन तस्करीमा भन्सार कर्मचारीको संलग्नता नरहेको छानबिन समितिको दाबी

काठमाडौ : त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको सुरक्षा घेरा कटाएर गरिएको ३३ किलो सुन तस्करीबारे छानबिन गर्न सरकारले गठन गरेको समितिकोे समय गुज्रिसक्दा पनि प्रतिवेदन बुझाउन सकेन। 

भन्सारको जाँच पूरा गरी विमानस्थलबाट बाहिरिएको सुन प्रहरीले पक्राउ गरेपछि पुस २२ मा  सरकारले भन्सार विभागका उपमहानिर्देशक सुमन दाहालको नेतृत्वमा समिति गठन गरेको थियो। विभागले ३३ किलो सुन बाहिरिएसँगै त्यस दिन विमानास्थलमा कार्यरत २९ जना कर्मचारीलाई जिम्मेवारी मुक्त गरेर अनुसन्धान गरिरहेको छ। आफूले पाएको १० दिनको समयमा पनि समिति निष्कर्षमा पुग्न सकेन। अहिले १५ दिन थप समय माग गरेर अनुसन्धान गरिरहेको छ। 

समितिका एक अधिकारीका अनुसार समितिले १० दिनमा विमानस्थल पुगेर सोधपुछ गर्नु बाहेक अन्य केही  गरेको छैन।

समितिका सदस्य कुलराज ज्ञवालीले अनुसन्धान भइरहे पनि अहिलेसम्म सुन तस्करीमा कर्मचारीको संलग्नताको प्रमाण फेला नपरेको दाबी गरे।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सुन तस्करीमा संलग्न भएको भन्दै  भन्सारका अधिकृत श्रीनारायण यादव र राजकुमार ढकाललाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएको छ। 

ज्ञवालीले प्रहरीको पहिलो चरणको अनुसन्धान पछि उनीहरुको बयान लिने बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell