PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

विराटनगरको जुट मिलमा आगलागी, ६ लाख मूल्य बराबरको क्षति



पहिलोपोस्ट

विराटनगरको जुट मिलमा आगलागी, ६ लाख मूल्य बराबरको क्षति

उर्लाबारी (मोरङ) : मोरङको विराटनगर–२२ स्थित रघुपति जुट मिलमा आज बिहान आगलागी हुँदा रु छ लाख बराबरको क्षति भएको छ।
 
मिलको स्पिनिङ शाखाको विद्युत् लाइन सर्ट भएर आगलागी भएको हो। आगलागीबाट चार थान स्पिनिङ मेसिन र छ टन तयारी कोप जल्दा रु छ लाख बराबरको क्षति भएको मोरङ प्रहरीले जनाएको छ। आगोलाई सोही मिलमा काम गर्ने मजदुरहरुले नियन्त्रणमा लिएका थिए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell