PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

​भारतीय हुन्डी कारोबारी धरौटीमा छुटे



राधेश्याम पटेल

​भारतीय हुन्डी कारोबारी धरौटीमा छुटे

वीरगन्ज: हुन्डी कारोबारमा संलग्न रहेकोे आरोपमा पक्राउ परेका भारतीय नागरिक धरौटीमा रिहा भएका छन्।   उच्च अदालत जनकपुरको इजलाशले उनीहरु धरौटी बुझाएर रिहा भएका हुन् ।

वीरगन्जबाट गत असोज १६ मा रेशमकोठीमा रहेको नेहा ओभरसिजमा छापा मारेर हुन्डी कारोबार गरेको आरोपमा भारतीय नागरिक सन्तोष जैन , उनको छोरा अंकुर जैन ,सन्तोषकी श्रीमती उषा गोयन्का जैनको कारोबारमा कामदारको रुपमा काम गर्दै आएका सुनिल पटेल र जीवन ठाकुरलाई पक्राउ गरेको थियो ।

भारत मुज्जफरपुरका सन्तोष र उनको छोरा विक्की भनिने अङकुर १ करोड २५ लाखका दरले कुल २ करोड ५० लाख धरौटी बुझाएर रिहा भएका हुन् ।

न्यायाधीशद्वय मोहन कार्की र रामचन्द्र यादवको इजलाशले उनीहरुसँग धरौटी मागेको थियो। तीन जना यस अगाडि नै धरौटीमा छुटेका थिए।
पर्साका तत्कालिन प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठको नेतृत्वमा गएको टोलीले हुन्डी कारोबारको घटनामा उनीहरुलाई पक्राउ गरेपछि उनीहरुलाई छाड्न केन्द्रबाट समेत दवाव आएको थियो।

८१ लाख नगद ,१ करोड ३२ लाखको विभिन्न बैंकको चेक ,ल्यापटप ,फयाक्स ,नोट गन्ने मेशिन ,७ वटा मोबाईल ,नगद जम्मा गर्ने भौचर ,नेहा ओभरसिजको छाप तथा प्रमाणपत्र सहित पक्राउ परेकाहरुलाई छाड्न नमान्दा उनी गृह मन्त्रालयमा पेशीमा तानिए पनि हुण्डी कारोवारीलाई छाड्न दवाव दिएको सार्वजनिक भएपछि गृहले उनलाई फिर्ता पठाएको थियो।

पर्सा जिल्ला अदालतले गत कार्तिक १२ मा पक्राउ परेका तीन जनालाई धरौटीमा रिहा गर्ने र  जैन र उनका छोरा विक्कीलाई पुर्पक्षको लागि जेल चलान गरेको थियो ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell