PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

​पूर्वराष्ट्रपति अस्पताल भर्ना



रासस

काठमाडौँ : पूर्वराष्ट्रपति डा रामवरण यादव अस्वस्थ भई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा आज भर्ना भएका छन्। 

नेपाली काँग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलका अनुसार पेटसम्बन्धी समस्या भएपछि पूर्वराष्ट्रपति डा यादवलाई अपराह्न ३ बजे स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएकामा चिकित्सकको सुझाव अनुसार केही दिनका लागि भर्ना गरिएको हो।

उनको स्वास्थ्य परीक्षणमा चिकित्सक प्रेम खड्का, राहुल पाठक, शशी शर्मालगायतको समूह संलग्न छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell