PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

सरकारी अस्पतालका डाक्टरले निजीमा काम गर्न अनिवार्य स्वीकृति लिनुपर्ने



पहिलोपोस्ट

काठमाडौं : सरकारी स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीले निजी स्वास्थ्य संस्थामा काम गर्न अनिवार्य स्वीकृत लिनुपर्ने भएको छ। 

उनीहरूले कार्यालय समय बाहिरका समयमा आफू कार्यरत स्वास्थ्य संस्थाका काममा बाधा नपुग्ने गरी निजी संस्थामा गर्न आगामी फागुन मसान्तभित्र स्वीकृतिका लागि स्वास्थ्य मन्त्रालयमा निवेदन दिइसक्नुपर्नेछ। यसअघि यस्तो स्वीकृति प्राप्त गरेका वा नगरेका सबैले सोही अबधिभित्र निवेदन दिनुपर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। 

निजी स्वास्थ्य संस्थाले पनि सरकारी सेवामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई काममा लगाउँदा मन्त्रालयको अनिवार्य स्वीकृति लिनुपर्ने भएको छ। स्वीकृति नलिई सरकारी सेवामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई काममा लगाएको पाइएमा त्यस्ता संस्थाको अनुमतिपत्र नवीकरण नहुने र कानुनबमोजिम कारबाही हुने मन्त्रालयले बनाएको नयाँ निर्देशिकामा उल्लेख छ। 

सरकारी स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीले अनिवार्य पालना गर्नुपर्ने सेवा सर्तसम्बन्धी निर्देशन, २०७३ आजै मन्त्रिपरिषद्बाट पारित भएको हो । नियमित कार्यालय समयभन्दा अतिरिक्त सेवा गर्नुपर्ने चिकित्सक, नर्स एवम् स्वास्थ्यकर्मीलाई अतिरिक्त सेवा सुविधा प्रदान गरी स्वास्थ्य सेवा प्रवाहलाई थप गुणस्तरीय बनाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको स्वास्थ्यमन्त्री गगनकुमार थापाले बताए। 

स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ५२ मा कर्मचारीले सरकारबाट निर्धारित समयमा नियमित रुपले कार्यालयमा हाजिर हुनुपर्ने बिदाको स्वीकृति नलिई कामबाट अनुपस्थित हुन नहुने व्यवस्था छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell