PahiloPost

Dec 31, 2025 | १६ पुष २०८२

​शौचालय बनाउने क्रममा सकेट बम फेला, द्वन्द्वकालको हुनसक्ने प्रहरीको अनुमान



पहिलोपोस्ट

गोरखा : गोरखाको मसेल गाविस–९ स्थित दुल्लभ क्याम्पस परिसरमा शौचालय बनाउने खाल्डो खन्ने क्रममा सकेट बम फेला परेको छ। 

बिहीबार दिउँसो खाल्डो खन्ने क्रममा कामदारले तारसहितको बम देखेपछि प्रहरीलाई खबर गरेका हुन्। उक्त बम द्वन्द्वकालमा लुकाइएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। 

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार बम फेला परेको स्थान सुरक्षित राखिएको छ। प्रहरीचौकी घ्याम्पेशालबाट खटिएका प्रहरीले बम रहेको स्थान सुरक्षित राखेका छन्। 

बम निष्क्रिय गर्न गोरखास्थित रणसिंह दल गणका नेपाली सेनालाई अनुरोध गरिएको र आज मात्रै बम डिस्पोज गर्ने प्रनाउ थापाले बताए। अहिले क्याम्पस रहेको स्थानमा द्वन्द्वकालमा सेनाको ब्यारेक थियो। 

घटनास्थल सदरमुकामबाट ३० किमी टाढाको दूरीमा पर्छ। बम फेला परेपछि शौचालयको खाल्डो खन्ने काम रोकिएको बताइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell