PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

अमेरिकी राष्ट्रपति ट्रम्पको आज शपथ, व्हाइटहाउसमा यसरी गरिँदैछ स्वागत



पहिलोपोस्ट

अमेरिकी राष्ट्रपति ट्रम्पको आज शपथ, व्हाइटहाउसमा यसरी गरिँदैछ स्वागत

एजेन्सी : नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पद तथा गोपनियताको शपथ लिँदैछन्। त्यहाँका प्रधानन्यायाधीशबाट औपचारिक रुपमा पद तथा गोपनीयताको शपथसँगै ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी समाल्नेछन्।

अमेरिकी कंग्रेसको भवन क्यापिटोल हिलमा आयोजित समारोहबीच ट्रम्पले शपथ लिनेछन्। शपथपछि उनको औपचारिक रुपमा ह्वाइटहाउस यात्रा सुरु हुनेछ। नेपाली समय अनुसार आज राति ११ः४५ मा ट्रम्पले शपथ लिनेछन्। अमेरिकी संविधान अनुसार उनले चारवर्षे कार्यकालका लागि शपथ लिनेछन्।   

गत नोभेम्वरमा भएको राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पक्षकी उम्मेद्वार हिलारी क्लिन्टनलाई पराजित गरी ट्रम्प ४५औं राष्ट्रपतिमा निर्वाचित भएका थिए। अमेरिकी संविधानले राष्ट्रपतिको शपथको मिति संविधानमा नै तोकेको छ।  


ट्रम्पको स्वागतमा यस्तो तयारी

बिहान साढे १० बजे डोनाल्ड ट्रम्प उद्घाटन भाषणको लागि तयार हुँदा व्हाइटहाउसमा ट्रम्पको सामान बोकेर ठूला ट्रक प्रवेश गर्नेछन्। संयोग सोही समयमा ओबामाको सामान लिएर ठूला ट्रक बाहिरनेछन्।
 
ट्रकमा व्हाइटहाउसका कर्मचारीले ओबामाको सामान हाल्न सुरु गरिरहँदा केही कर्मचारीले ट्रम्पको सामान भित्र्याइरहेका हुनेछन्। भित्तामा कलर लगाउने, सिसा सफा गर्ने र साँझमा १३२ कोठाको हाउसमा नयाँ राष्ट्रपतिको स्वागत हुनेछ।
 
जबसम्म नयाँ राष्ट्रपति व्हाइटहाउस प्रवेश गर्दैनन् तबसम्म त्यहाँको जिम्मेवारी कर्मचारीले नै लिनेछन्।
 
सन् २००९ मा ओबामा शिकागोबाट वाशिङ्टन आउँदा आफ्नै पैसामा सामान लिएर आएका थिए। उनले व्हाइटहाउसका कर्मचारीलाई सामान सुम्पे। कर्मचारीले नै सामान खोल्ने र कहाँ राख्ने जिम्मेवारी पूरा गरेका थिए।
 
ट्रम्प पत्नी मेलानिया उनकै साथमा व्हाइटहाउस प्रवेश गर्नेछिन्। न्युयोर्क पत्रिकाका अनुसार ट्रम पत्नी मेलानिया व्हाइटहाउसमा ग्यालमर कोठा बनाउन चाहन्छिन्। जुन उनको मेकअपको लागि छुट्टै होस्। ट्रम्पकी पत्नी मेकअपका लागि नै सवा घन्टा बिताउँछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell