PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

​कलङ्की–कोटेश्वर सडक खण्डका चार पुल निर्माण अन्तिम चरणमा



पहिलोपोस्ट

​कलङ्की–कोटेश्वर सडक खण्डका चार पुल निर्माण अन्तिम चरणमा

ललितपुर : निर्माणाधीन कलङ्की–कोटेश्वर सडकमा पर्ने चारवटा मोटर गुड्ने पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। 

निर्माणको ९५ प्रतिशत काम सकिएको काठमाडौँ चक्रपथ सडक योजनाले बताएको छ। यो सडक खण्डमा आगामी एक वर्षमा सकिने काममा पुलको कामसमेत रहेको योजनामा कार्यरत इञ्जिनियर रमेश दृष्टिले बताए। उनले भने ‘रेलिङ राख्ने, फुटपाथ बनाउनेलगायतका काम मात्रै बाँकी छ।’

कलङ्की (खसीबजार), बल्खु खोला, बागमती खोला र बालकुमारीमा मनोहरा खोलामा गरेर चार स्थानमा पुल निर्माणको काम भइरहेको छ। सडक जस्तै पुल पनि आठलेनको बनाउन लागिएको हो। मुख्य लेन चार र साइड लेन दुई÷दुई गरेर आठ लेनको बाटो पुलमा निर्माण भइरहेको छ। पहिले मोटर गुड्ने पुल भएका यी स्थानमा छेउ–छेउबाट थप गरेर आठ लेन गुड्ने बनाउन लागिएको दृष्टिले बताए। 

चिनियाँ सहयोगमा निर्माणाधीन चक्रपथको कलङ्की–कोटेश्वर सडकको कुल लागत तीनसय १२ मिलियन युयान रहेको छ। १०.३९ किलोमिटर सडकमा ५ किलोमिटर सडक यो वर्ष र बाँकी ५.३९ किलोमिटर सडक अबको दुई वर्षभित्र सम्पन्न हुनेछ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell