PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

​संसद् बैठक आज बस्दै, संविधान संशोधन प्रस्तावमा छलफल नहुने



पहिलोपोस्ट

​संसद् बैठक आज बस्दै, संविधान संशोधन प्रस्तावमा छलफल नहुने

काठमाडौं : एक साता स्थगनपछि व्यवस्थापिका संसदको बैठक आज बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। आजको बैठकमा पनि संविधान संशोधन विधेयक छलफलमा पेश गरिनेछैन।

प्रतिपक्ष दलहरुको अवरोधबीच पेश भएको संशोधन विधेयक जनताको जानकारीका लागि प्रकाशन भइसकेको छ। जनताको जानकारीका लागि प्रकाशन भएपछि सैद्धान्तिक छलफलमा बाधा पर्दैन। सर्वसाधरणको जानकारीका लागि प्रकाशनसँगै छलफल गराउने परम्परा भएपनि राजनीतिक सहमति नभएका कारण विधेयक छलफलको कार्यसूचीमा छैन।

आज संसद्को विकास समितिका तर्फबाट सभापति रवीन्द्र अधिकारीले समितिको अनुगमन एवं मूल्याङ्कन प्रतिबेदन संसदमा पेश गर्नेछन्। यस्तै संसद् सचिवालयले प्रकाशन गरेको सम्भावित कार्यसूची अनुसार बोनस ऐन पाँचौं संशोधन विधेयक संसदमा पेश हुनेछ। अर्थमन्त्री कृष्णबहादुर महराले उक्त प्रस्ताव संसदमा पेश गर्नेछन् ।

विधेयक पेशअघि नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापामगरले विधेयक पेशविरुद्ध दर्ता गरेको विरोधको सूचना निर्णयार्थ पेश हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell