- सुरेन्द्र भण्डारी
कनकाई नगरपालिका–७ स्थित विरिङ खोला नजिकै २३ वर्षीया तोलामी र उनकै छिमेकी २५ वर्षीया भट्टराईले सिसौको रुखको हाँगामा एउटै डोरीको पासो लगाएर आत्महत्या गरेका हुन्।
इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले दिएको जानकारी अनुसार बिहान ५ बजे घरबाट निस्किएका उनीहरुले प्लास्टिकको डोरीको प्रयोग गरेका थिए। 'आत्महत्या गरेका उनीहरु अङ्गालोमा बाँधिएको अवस्थामा भेटिए,' प्रहरी नायब उपरीक्षक थेवेले भने, 'प्रेम सम्बन्धकै कारण यस्तो कठोर निर्णय गरेको हुनुपर्छ।'
माघ २४ गते केटीको विवाह हुने निश्चित भएको र विराटनगर निवासी एक व्यक्तिसँग फूलमाला समेत भएको बताइएको छ। भट्टराईले भने ट्याक्टर चलाउँदै आएको स्थानीयवासीले बताएका छन्।रासस