PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

एउटै डोरीमा झुन्डिएर युवायुवतीले गरे आत्महत्या, अँगालोमा बाँधिएका थिए : प्रहरी



पहिलोपोस्ट

  • सुरेन्द्र भण्डारी
सुरुङ्गा (झापा) : झापाको कनकाई नगरपालिका–६ निवासी अस्मिता तोलामी (सार्की) र सोही ठाउँका ईश्वर भट्टराईले आज बिहान एउटै डोरीमा झुन्डिएर आत्महत्या गरेका छन्।
 
कनकाई नगरपालिका–७ स्थित विरिङ खोला नजिकै २३ वर्षीया तोलामी र उनकै छिमेकी २५ वर्षीया भट्टराईले सिसौको रुखको हाँगामा एउटै डोरीको पासो लगाएर आत्महत्या गरेका हुन्।
 
इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले दिएको जानकारी अनुसार बिहान ५ बजे घरबाट निस्किएका उनीहरुले प्लास्टिकको डोरीको प्रयोग गरेका थिए। 'आत्महत्या गरेका उनीहरु अङ्गालोमा बाँधिएको अवस्थामा भेटिए,' प्रहरी नायब उपरीक्षक थेवेले भने, 'प्रेम सम्बन्धकै कारण यस्तो कठोर निर्णय गरेको हुनुपर्छ।'
 
माघ २४ गते केटीको विवाह हुने निश्चित भएको र विराटनगर निवासी एक व्यक्तिसँग फूलमाला समेत भएको बताइएको छ। भट्टराईले भने ट्याक्टर चलाउँदै आएको स्थानीयवासीले बताएका छन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell