काठमाडौं: फिल्म 'लभ लभ लभ' को पहिलो गीत सार्वजनिक भएको छ। नयाँ बर्षको दिन रिलिज हुन लागेको फिल्मको 'तिमि अघि अघि' बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो।
फिल्मको लेखन तथा निर्देशन दिपेन्द्र के खनालले गरेका हुन्।
आरिफ रफुको आवाज रहेको गीतमा सुरेश राईको शब्द र संगीत रहेको छ। सुरज सिने आर्ट्सको व्यानरमा तयार भएको फिल्ममा स्वस्तिमा खडका र सुरज पाण्डे मुख्य भूमिकामा रहेका छन्।
यस्तो छ भिडियो: