PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा माकाजू पुन: नियुक्त



पहिलोपोस्ट

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा माकाजू पुन: नियुक्त

काठमाडौं : काठमाडौं विश्वविद्यालय (केयु) को उपकुलपतिमा रामकण्ठ माकाजू नियुक्त भएका छन्।
 
विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपकुलपतिमा माकाजूलाई पुन: नियुक्त गरेको शिक्षामन्त्रीका स्वकीय सचिवले जानकारी दिए।
 
चार वर्षको कार्यावधि समाप्त भएपछि गएको मंसिर २६ गतेपछि केयु उपकुलपतिविहीन थियो। शिक्षामन्त्री धनीराम पौडेल संयोजक रहेको तीन सदस्यीय सिफारिस समितिले मकाजूसहित पाँच जनाको नाम सिफारिस गरेको थियो।

चिकित्सक समेत रहेका माकाजुले धुलिखेल अस्पताललाई सुधार गर्न ठूलो भूमीका खेलेका थिए। तर पछिल्लो समय केयु मार्फत केही मेडिकल कलेजलाइ सम्बन्धन दिन खोजेको आरोप उनीमाथि लागेको थियो।

सुरेशराज शर्माले केयुको उपकुलपति छाडेपछि डा माकाजूलाइ डाक्टर बाबुराम भट्टराई सरकारले उपकुलपति बनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell