PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

रामपुर भलिबल कपको उपाधि स्याङ्जालाई, नवलपरासी तीन सेटमै पराजित



पहिलोपोस्ट

रामपुर भलिबल कपको उपाधि स्याङ्जालाई, नवलपरासी तीन सेटमै पराजित

रामपुर (पाल्पा) : रामपुर भलिबल कपको उपाधि स्याङजाले हात पारेको छ।
 
रामपुरमा भएको पश्चिमाञ्चलस्तरीय भलिबल प्रतियोगितामा नवलपरासीलाई स्याङजाले हराउँदै उपाधि हात पारेको हो।
 
फाइनल खेलमा स्याङजाले नवलपरासीलाई तीन सेटले हराउँदै रामपुर भलिबल कपको उपाधि हात पार्न सफल भएको हो। प्रथम रामपुर महोत्सवका अवसरमा आयोजित पश्चिमाञ्चलस्तरीय भलिबल प्रतियोगिताको द्वितीय स्थानमा नवलपरासी, तृतीय स्थानमा रुपन्देही र सान्त्वना गुल्मीले हात पार्न सफल भएका छन्।
 
प्रतियोगितामा प्रथम पुरस्कार नगद रु एक लाख १११, द्वितीय पुरस्कार रु ५० हजार १११, तृत्तीय पुरस्कार रु २५ हजार १११ र सान्त्वना पुरस्कार रु १० हजार १११ रहेको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell