PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

भक्तपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा कालिमाटी बस्ने दुई जनाको मृत्यु



पहिलोपोस्ट

भक्तपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा कालिमाटी बस्ने दुई जनाको मृत्यु

भक्तपुर : दूधपाटीबाट काठमाडौं फर्कदै गरेको दुई मोटरसाइकललाई सल्लाघारीबाट दूधपाटी जाँदै गरेको मिनीट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। भक्तपुरको सल्लाघारीमा सो दुर्घटना भएको हो।
 
सल्लाघारी सैनिक महाविद्यालय अगाडि बा २ ख ९७२१ नं को मिनी ट्रकले मोटरसाइकललाई एकैसाथ ठक्कर दिँदा दुई जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।
 
दुर्घटनामा बा ४३ प ४५७६ नम्बरको मोटरसाइकल चालक काठमाडौँ कालीमाटी बस्ने वर्ष ४५ का सरोज बानियाँ र बा १४ प ५२८८ नं का मोटरसाइकल चालक कालीमाटीकै वर्ष ४४ का अनीलकृष्ण ताम्राकारको घटनास्थलमै मृत्युभएको हो।
 
मादकपदार्थ सेवन गरी सवारी चलाएका मिनीट्रक चालक भक्तपुर चाँगु बस्ने वर्ष ३१ का सलन नगरकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक हबल्दार दीपेन्द्र शाहीले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell