
काठमाडौँ : पूर्वराष्ट्रपति डा रामवरण यादवको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ।
पेटसम्बन्धी समस्या भएपछि हिजो महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा भर्ना भएका डा यादवको इन्डोस्कोपी लगायतको स्वास्थ्य परीक्षण आज गरिएको उनका छोरा चन्द्रमोहन यादवले जानकारी दिए।
विभिन्न परीक्षणपछि आएको प्रतिवेदन सामान्य देखिएको छ। अस्पतालमा भर्ना हुनुअगाडि पूर्वराष्ट्रपति यादवलाई पेटमा समस्या भएको थियो।
उनको स्वास्थ्य परीक्षणमा वरिष्ठ चिकित्सक प्रेम खड्काको समूह संलग्न छ। चिकित्सकले केही दिन आराम गर्नका लागि सुझाव दिएका छन्।रासस