PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

सदनभित्र एमाले सांसदको आक्रोश, ट्राफिक व्यवस्थापन गर्न नसकेको भन्दै सरकारको राजीनामा माग



पहिलोपोस्ट

सदनभित्र एमाले सांसदको आक्रोश, ट्राफिक व्यवस्थापन गर्न नसकेको भन्दै सरकारको राजीनामा माग

काठमाडौं : नेकपा एमालेका सांसद रामवीर मानन्धरले ट्राफिक व्यवस्थापन गर्न नसकेको भन्दै सरकारको राजीनामा माग गरेका छन्। संसद्को शून्य समयमा बोल्दै मानन्धरले सरकार भएर पनि नभएको जस्तो महसुस भएको बताए।
 
'मन्त्रीहरु पनि देख्छु, प्रधानमन्त्री पनि देख्छु; त्यो हेर्दा सरकार छ जस्तो देखिएको छ,' मानन्धरले भने, 'तर काठमाडौंमा घन्टौं जाममा बस्नुपर्ने, धुलोधुवाँले समस्या हुने अवस्था देख्दा सरकार छैन जस्तो लाग्छ।'
 
उनले अस्तव्यस्त ट्राफिक र काठमाडौंको धुलोधुवाँले सरकार नै नभएको अनुभूत गराएको बताए। 'हामी राजधानी काठमाडौं भन्छौं तर यहाँ सबैभन्दा धेरै समस्या छन्,' मानन्धरले भने, 'समस्यै समस्या राखेर ट्राफिक व्यवस्थापन समेत नगर्ने यो सरकारलाई बस्ने अधिकार छैन।'
 
एक साताको स्थगनपछि व्यवस्थापिका संसदको बैठक आज बसिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell