PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

रेल्वे लाइनको रुट परिवर्तनका लागि भारतीय पक्षसँग पनि कुरा गर्छु : प्रधानमन्त्री



पहिलोपोस्ट

रेल्वे लाइनको रुट परिवर्तनका लागि भारतीय पक्षसँग पनि कुरा गर्छु : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जयनगर–जनकपुर रेल मार्गको बिजुलपुरा, बर्दिबास खण्डको रेलवे लाइनको रुट परिवर्तनका लागि आफूले पहल गर्ने बताएका छन्।
 
धनुषा क्षेत्र नम्बर ७ को सर्वदलीय प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले त्यसका लागि भौतिक योजना तथा निर्माण मन्त्रालय र रेलवे विभागका प्रतिनिधिहरुलाई बोलाएर कुरा गर्ने बताए। ‘तपाईहरुको ज्ञापन पत्र हेरेँ, यसभन्दा अघि पनि यस्तै ज्ञापन पत्र मेरा हातमा परेको छ,' उनले भने, 'रेलवे लाइन विस्तार गर्दा साविकका बस्ती विस्थापित हुन्छ र मुआब्जा पनि बढी लाग्छ भने त्यसको वैकल्पिक उपाय खोज्नु राम्रो हुन्छ।'  आवश्यक परे भारतीय रेलवे विभागसँग पनि समन्वय गरेर समस्या समाधानका लागि पहल गर्ने उनले प्रतिबद्धता जनाएका छन्।

भेटमा सर्वदलीय प्रतिनिधि मण्डलले जयनगर जनकपुर, बिजुलपुरा बर्दिबास खण्डको रेलवे लाइन साविककै स्थानबाट अगाडि बढ्दा ठूलो बस्ती विस्थापित हुने र राज्यलाई मुआब्जाको भार पनि बढी पर्ने जानकारी गराएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell