PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

कलाकार तथा निर्मात्री प्रज्ञा जोशीले डेढ करोड ठगेको भन्दै प्रहरीमा उजुरी



पहिलोपोस्ट

काठमाडौं : कलाकार तथा निर्मात्री प्रज्ञा जोशीविरुद्ध प्रहरीमा ठगीको उजुरी परेको छ।
 
निमात्री जोशीले डेढ करोड बराबरको रकम ठगी गरिएको बुझिएको छ। निर्माता तथा वितरक सुनिल मानन्धरलाई उनले डेढ करोड बाउन्स चेक दिएर ठगी गरेको उजुरी परेको हो। मानन्धरले महानगरीय अपराध अनुसन्धान महाशाखामा ठगीविरुद्ध उजुरी दिएका हुन्।
 
महाशाखाका ठगी पिल्लर हेर्ने प्रहरी निरीक्षक मनोजित कुवँरले जोशीविरुद्ध उजुरी परेको बताए पनि थप कुरा भने बताउन चाहेनन्। निर्मात्री जोशीले सपुत, नोटबुक लगायतका चलचित्र निर्माण गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell