PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

सेना, प्रहरी र सशस्त्रको टोलीद्वारा राजविराजमा फेला परेको बम निष्क्रिय



पहिलोपोस्ट

सप्तरी : राजविराजमा फेला परेको शङ्कास्पद ग्रिनेड बमलाई नेपाली सेनाले आज अपराह्न निष्क्रिय पारेको छ।
 
राजविराजस्थित कृष्ण दल गणका सहसेनानी भोजराज कोइरालाको नेतृत्वमा गएको सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको सक्रियतामा उक्त बम निष्क्रिय पारिएको हो।

राजविराज नगरपालिका–१ स्थित फनसराज दुगडको घर अगाडि सो बम फेला परेको थियो। बम फेला परेको ठाउँमा जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चाको पर्चासमेत भेटिएका छन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell